सुचना अधिकारी
श्री बलराम कुशवाहा
परिचय
नेपालमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा बिभाग अन्तरगत हाल ११ वटा श्रम तथा रोजगार कार्यालयहरु छन् । गण्डकी प्रदेशका ११ जिल्ला कार्यक्षेत्र भएको श्रम तथा रोजगार कार्यालय, पोखराले बिशेष गरी श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५, ट्रेड युनियन ऐन, २०४९ तथा ट्रेड युनियन नियमावली, २०५०, बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ र बालश्रम (निषेधित र नियमित) गर्ने ऐन, २०५६ को कार्यन्वयनमा जोड दिईएको छ । हाल योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ समेत कार्यन्वयनको आवस्थामा रहेको छ । यस कार्यालयबाट आन्तरिक श्रम को अतिरिक्त बैदेशिक रोजगारको पुनः श्रम स्विकृती दिने कार्य र म्यानपावर कम्पनीहरुको शाखा कार्यालयको अनुगमन तथा निरीक्षण गर्ने कार्य गर्दै आएको छ । बि.सं. २०७५ पौष २६ गते देखि वैदेशिक रोजगारमा जानेहरुका लागि पुनः श्रम स्वीकृति (Re-entry) प्रदान गर्ने कार्य सुरु भएको हो।
पारिश्रमिक रकम तथा अन्य सेवा सुविधा भुक्तानी सम्बन्धमा निवेदन ढाँचा फारम को लागि यँहा क्लिक गर्नुहोस् ।
ट्रेड युनियन दर्ता/ नवीकरणको लागी निवेदन ढाँचा फारम लिन यहाँ क्लिक गर्नुहोस ।
श्रमिक आपुर्तिकर्ता कम्पनी दर्ता तथा नबिकरण निवेदन फारम लिन दर्ता नबिकरण यहाँ क्लिक गर्नुहोस ।
बैदेशिक रोजगारीको श्रम स्वीकृति अनलाइन फारम को लागि यँहा क्लिक गर्नुहोस् ।